Kathmandu Press

अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ मा सुनाइने

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले सापकोटाविरुद्धको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै तीन सातापछि निर्णय सुनाउने मिति तोकेको हो।
अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ मा सुनाइने
Hardik ivf

काठमाडौं, जेठ २३ : पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले १२ असारमा निर्णय सुनाउने भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले सापकोटाविरुद्धको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै तीन सातापछि निर्णय सुनाउने मिति तोकेको हो।

पूर्वसभामुख सापकोटाविरुद्ध २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ। अर्जुनकी श्रीमती पूर्णिमानले रिट दायर दिएकी हुन्।

प्रकाशित मिति: १७:१४ बजे, बुधबार, जेठ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्