‘स्वदेशी आलु–प्याजमा पनि भ्याट लागेकाले हटायौं’
प्रतिनिधिसभा बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भन्सार विन्दुमा विदेशी उत्पादनलाई मात्र भ्याट लगाउन प्रशासनिक रुपमा नमिल्ने हुनाले स्वदेशी आलु, प्याज र स्याउमा पनि भ्याट लागेकाले हटाएको बताए।काठमाडौं, जेठ २३ : स्वदेशमा उत्पादन भएको आलु, प्याज र स्याउमा पनि मूल्य अभिवृद्धि कर लागेकाले यस वर्ष त्यो हटाइएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भन्सार विन्दुमा विदेशी उत्पादनलाई मात्र भ्याट लगाउन प्रशासनिक रुपमा नमिल्ने हुनाले स्वदेशी आलु, प्याज र स्याउमा पनि भ्याट लागेकाले हटाएको बताए।
आलु, प्याज र स्याउमा लगाइएको भ्याट बजेटमार्फत हटाइएपछि विदेशबाट आयत हुने वस्तुमा मात्र भ्याट लगाइएको भन्दै भ्याट हटाउने निर्णयको विरोध गरेका थिए।
‘गत वर्ष आलु, प्याज र स्याउ लगायतका तरकारी एवं फलफुलमा मूल्य अभिवृद्धि कर लगाइकामा प्रशासनिक हिसाबले आयातमा मात्र मूल्य अभिवृद्धि कर लगाउन जटिल भएको र आन्तरिक उत्पादनमा समेत मूल्य अभविृद्धि कर लागेकाले आन्तरिक उत्पादनलाई संरक्षण दिन मूल्य अभिवृद्धि कर हटाई आयातमा अग्रिम आयकर लगाउने व्यवस्था गरिएको हो’, उनले भने ।
अब विदेशबाट आयात हुने आलु, प्याज र स्याउमा भन्सार विन्दुमा १० प्रतिशत अग्रिम आयकर लाग्नेछ। स्वदेशी आलु, प्याज र स्याउमा भने कर लाग्ने छैन। यसले स्वदेशी उत्पादनलाई प्रोत्साहन नै पुग्ने उनको भनाइ छ।