Kathmandu Press

फुटबललाई संकटबाट जोगाउन फिफाले कोष बनाउने

काठमाडाैं, चैत १९ :  महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व फुटबललाई संकटबाट जोगाउन फिफाले आर्थिक कोष स्थापना गर्ने भएको छ।  ....

फुटबललाई संकटबाट जोगाउन फिफाले कोष बनाउने
फाइल

काठमाडाैं, चैत १९ :  महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व फुटबललाई संकटबाट जोगाउन फिफाले आर्थिक कोष स्थापना गर्ने भएको छ।  विश्व फुटबलका विभिन्न निकायहरूलाई आर्थिक संकटबाट जोगाउन आर्थिक कोषको प्रयोग गरिने फिफाले जनाएको छ। 

फिफाले फुटबलको लोकप्रियता जोगाउनु आफ्नो कर्तव्य रहेको भन्दै त्यसका लागि सक्दो पहल गर्ने जनाएको छ। फुटबलका अन्य सरोकारवाला निकायहरुलाई जोगाउन राहतको व्यवस्था गर्ने फिफाले जनाएको छ।

आर्थिक कोषमा रहेको करिब तीन विलियन डलरलाई प्रयोग गर्दै अहिलेको संकटबाट मुक्त हुने प्रयास फिफाले गरिरहेको छ। कोरोनाले फुटलबामा पारेको प्रभाव र त्यसको समाधानका लागि कोष स्थापना गर्न फिफा अध्यक्ष र उपाध्यक्षहरूबीच छलफल भएको पनि भइरहेको छ।

कोरोना भाइरसको बढ्दो प्रभावका कारण धनी क्लबहरू पनि आर्थिक संकटमा पर्ने देखिएको छ। बार्सिलोना र युभेन्ट्स जस्ता ठूला क्लबले समेत आर्थिक संकट झेल्न थालेको देखिएको छ। सोही कारण उनीहरूले खेलाडी लगायत कर्मचारीको पारिश्रमिकमा भारी कटौती गर्ने घोषणा गरिसकेका छन्। 

आर्थिक संकटकै कारण विभिन्न राष्ट्रिय फुटबल संघहरूले कर्मचारी कटौती गर्न सुरु गरिसकेका छन् भने कतिपय साना देशका क्लबहरू खेलाडीलाई तलब दिन नसक्ने अवस्था पुगेका छन्।

प्रकाशित मिति: १७:१५ बजे, बुधबार, चैत १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्