Kathmandu Press

मोदी वाराणसीबाट तेस्रो पटक विजयी

मोदी उत्तर प्रदेशको वाराणसीबाट तेस्रोपटक लोकसभाका लागि विजयी भएका हुन्। मोदीले प्रतिस्पर्धी राष्ट्रिय भारतीय कांग्रेसका उमेदवार अजय रायलाई डेढ लाख मतको अन्तरले पराजित गरे।
मोदी वाराणसीबाट तेस्रो पटक विजयी

काठमाडौं, जेठ २२ : लोकसभा निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कम मतान्तरले विजयी भएका छन्।

मोदी उत्तर प्रदेशको वाराणसीबाट तेस्रोपटक लोकसभाका लागि विजयी भएका हुन्। मोदीले प्रतिस्पर्धी राष्ट्रिय भारतीय कांग्रेसका उमेदवार अजय रायलाई डेढ लाख मतको अन्तरले पराजित गरे।

Hardik ivf

सन् २०१९ मा मोदीले ६ लाख ७४ हजार ६६४ मत प्राप्त गरेका थिए । यसपटक भने उनले ६ लाख ११ हजार ४३९ मत प्राप्त गरेका छन्।

अघिल्लो निर्वाचनमा कांग्रेसका रायले एक लाख ५२ हजार ५४८ मत प्राप्त गरेका थिए। तर यसपल्ट भने चार लाख ५९ हजार ८४ मत प्राप्त गरेका छन्।

मोदीले रायलाई एक लाख ५२ हजार ३५५ मतले पराजित गरेका हुन्।

प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, जेठ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्