Kathmandu Press

सय वर्ष पुग्न लागेका मर्डोकलाई आफ्नो पाँचौं विवाहको चटारो

सय वर्ष पुग्न लागेका मर्डोकलाई आफ्नो पाँचौं विवाहको चटारो

काठमाडौं, जेठ २१ः उमेरले शताब्दी टेक्नै लागेका एकजना सञ्चार व्यवसायीले हालै पाँचौं विवाह गरेका छन्।

दक्षिणपन्थी मानिने ब्रिटिस ट्याब्लोइड पत्रिका ‘द सन’का सञ्चालक मुगल रुपर्ट मर्डोकले शनिबार पाँचौं विवाह गरेका हुन्।

मर्डोकको स्वामित्वमा रहेको ‘द सन’ले क्यालिफोर्नियाको बेल–एयरमा उनकी ६७ वर्षीया श्रीमती, सेवानिवृत्त आणविक जीववैज्ञानिक एलेना झुकोवासँगै विवाह गरेका हुन्। 
मर्डोक ९३ वर्ष पुगे। उनी अस्ट्रेलियाली अर्बपतिको सूचिमा सूचिकृत व्यक्ति हुन्।

Hardik ivf

झुकोवा रूसी–अमेरिकी कला कलेक्टर दशा झुकोवाकी आमा तथा रूसी व्यावासायी रोमन अब्रामोविचकी पूर्व पत्नी हुन्।

मर्डोक दशकौंसम्म फक्स कर्पोरेशन र न्यूज कर्पको नेतृत्वमा बसे। वाल स्ट्रीट जर्नल, न्यूयोर्क पोस्ट, फक्स न्यूजलगायतका ठूला मिडिया कम्पनीहरू पनि उनकै स्वामित्वमा रहेको सिएनएन समाचारमा उल्लेख छ।

ब्लूमबर्गको बिलियनेयर इन्डेक्सका अनुसार ९.७७ बिलियन डलरको नेटवर्थ भएका मर्डोकले नोभेम्बर २०२३ मा आफ्नो छोरा लाचलानलाई व्यवसायको जिम्मेवारी सुम्पेर दुवै संस्थाको अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका थिए। त्यस समयमा मर्डोकले न्यूज कर्पमा आफ्नो सक्रिय भूमिका जारी राख्नेछन् र अझै पनि दुई कम्पनीको अध्यक्ष एमेरिटसको क्षमतामा सेवा गर्ने बताएका थिए ।

उनले गत वर्षको गर्मीयामदेखि झुकोवासँग भेटघाट गर्न थालेका थिए। उनीहरुले मार्चमा आफ्नो इन्गेजमेन्टको घोषणा गरेका थिए।

मर्डोकले हालै पूर्व सुपर मोडल जेरी हलसँग विवाह गरेका थिए, तर उनीहरुको २०२२ मा सम्बन्धविच्छेद भएको थियो।

मार्च २०२३ मा मर्डोकले एन लेस्ले स्मिथ नाम गरेकी नारीसँग सम्बन्ध राख्ने प्रस्ताव गरे पनि दुई हप्ता नबित्दै त्यसको अन्त्य भएको थियो।

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, जेठ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्