Kathmandu Press

पाकिस्तानी विमान कम्पनीमा ईयूको प्रतिबन्ध यथावत

पाकिस्तानी विमान कम्पनीमा ईयूको प्रतिबन्ध यथावत

काठमाडौं, जेठ २१ः युरोपेली संघ (ईयू)ले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) लगायत पाकिस्तानी हवाइ कम्पनीहरूमा प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको छ।

हालैको बैठकपछि, ईयूले संघभित्र सञ्चालन हुने प्रतिबन्धित विमान कम्पनीहरूको विद्यमान सूची संशोधन गर्न कुनै वाध्यकारी कारण फेला नपारेकोले अझै पाकिस्तानी विमान कम्पनीमाथिको प्रतिबन्ध कायम राखिएको जनाएको छ।

Hardik ivf

यो फैसला पाकिस्तान नागरिक उड्डयन प्राधिकरण (पिसिएए) को स्थल मूल्यांकन र पाकिस्तानी विमान कम्पनी फ्लाई जिन्ना र एयरब्लू लिमिटेडको नमूना मूल्यांकन प्रस्तुत गर्दै ईयू एयर सेफ्टी कमिटीले गरेको विस्तृत मूल्यांकनपछि आएको हो।

सन् २०२३ नोभेम्बर २७–३० को बिचमा आयोजित स्थलगत मूल्यांकनको सुरक्षा सुनिश्चित गर्न पिसिएएको निरीक्षण भूमिका र जिम्मेवारीहरूको जाँच गरिएको थियो। ईयूको हवाई सुरक्षा समितिले पाकिस्तानको सुरक्षा अवस्थाको निरन्तर निगरानीको आवश्यकतालाई जोड दिएको छ।

आयोगले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू कायम राख्ने महत्त्वलाई जोड दिँदै आसन्न सुरक्षा जोखिमहरूको कुनै पनि संकेतले थप कारबाही गर्न सक्ने चेतावनी दिएको एआरवाई न्यूजले जनाएको छ।

प्रकाशित मिति: १४:४८ बजे, सोमबार, जेठ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्