Kathmandu Press

हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउन माग ज्ञानेन्द्र शाहीको माग

आएको पैसा सबै खर्च खर्च गर्न नसकेर फिर्ता गएको बताउँदै उनले बर्खालालाई हामीले आर्थिक वर्ष बनाइयो भने भने हिमाली क्षेत्रमा गएको पैसाको सदुपयोग हुने उनले बताए।
हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउन माग ज्ञानेन्द्र शाहीको माग

काठमाडौं, जेठ २१ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउन माग गरेका छन्।
 
सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शाहले असारबाट ल्याएको बजेट हिमाली जिल्लामा कार्यान्वयन हुने समयदेखि चैत मसान्तसम्म हिउँ पर्ने कारण साढे दुई महिना काम गर्ने वित्तिकै आर्थिक वर्ष सकिने र आएको पैसा पनि फिर्ता हुने अवस्था आउने भन्दै छुट्टै आर्थिक वर्ष बनाउन माग गरेका हुन्।

‘अर्थ मन्त्रीसँग अनुरोध छ कि हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाइदिनुहोस्। किनभने तपाईंहरुले अहिले असारबाट ल्याएको बजेट हिमाली जिल्लामा असोजबाट पैसा आउँछ कार्यान्वयनतिर जान्छ,’ उनले भने, ‘कार्तिकको १५ देखि हिमाली जिल्लामा काम गर्न सक्दैनौं। चैत मसान्तसम्म हिउँ पर्छ। वैशाख जेष्ठ साढे दुई महिना काम गर्ने वित्तिकै आर्थिक वर्ष सकिन्छ।’

Hardik ivf

आएको पैसा सबै खर्च खर्च गर्न नसकेर फिर्ता गएको बताउँदै उनले बर्खालालाई हामीले आर्थिक वर्ष बनाइयो भने भने हिमाली क्षेत्रमा गएको पैसाको सदुपयोग हुने उनले बताए।

उनले १० वर्षमा माओवादीको द्वन्दमा मृत्यु भएका १७ हजार जत्तिकै बैदेशिक रोजगारमा रहँदा मृत्यु हुनेको सङ्ख्या पुगिसक्दा पनि यस्लाई रोक्ने कुनै नीति नआएकोमा आपत्ति जनाए। युवाहरुलाई बाहिर पठाएर देश विकास हुन्छ भनेर सोच्नु गलत रहेको बताए।

प्रकाशित मिति: १३:४७ बजे, सोमबार, जेठ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्