बजेट अन्तरविरोधी भयो : रघुजी पन्त
‘हामीले बजेट ल्याएका छौं तर त्यो बजेट भोली व्यवहारमा जाँदा, कार्यान्वयन गर्दा तोकिएको लक्ष्यलाई पूरा गर्न बजेट सक्षम हुन्छ कि हुँदैन ? त्यहाँबाट हामीले बजेको मूल्यांकन गर्नुपर्छ,’ उनले भने।काठमाडौं, जेठ २१ : नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट आफैं भित्र केही केही अन्तरविरोधी रहेको बताएका छन्।
आज प्रतिनिधि सभाको बैठकमा उनले आफैंले दिएको लक्ष्यअनुसारको बजेट रकम दिन नसकेको भन्दै अन्तरविरोधी रहेको बताए।
‘बजेटमा कृषिमा लगानीको दशक घोषणा गर्नु भएको छ, तर कृषि मन्त्रालयमा बजेट घटेको छ। लैङ्गिक समानताको कुरा छ, तर बालबालिका मन्त्रालयको बजेट घटेको छ। मिल्यो मिलेन नि त्यसकारण बजेट आफै भित्रमा केही केही अन्तरविरोधी छ,’ उनले भने, ‘बजेटले आफैं एउटा कुरा गरेको छ, त्यो अनुसारको बजेट रकम छुट्टाइएको छैन। अनि कसरी काम पूरा हुन्छ । यस्ता प्रश्नहरु विगतका बजेटमा पनि थिए यसमा पनि छ।’
बजेटले राखेका लक्ष्यहरु व्यवहारमा जादाँ, कार्यान्वयन गर्दा पूरा गर्न बजेट सक्षम हुन्छ कि हुँदैन? भन्ने प्रश्न गर्दै लक्ष्यहरु नपूरो नहुने हिसाबले काम गर्नुपर्ने बताए।
‘हामीले बजेट ल्याएका छौं तर त्यो बजेट भोली व्यवहारमा जाँदा, कार्यान्वयन गर्दा तोकिएको लक्ष्यलाई पूरा गर्न बजेट सक्षम हुन्छ कि हुँदैन ? त्यहाँबाट हामीले बजेको मूल्यांकन गर्नुपर्छ,’ उनले भने।
उनले आफू र आफ्नो पार्टीले बजेटलाई पनि साथ दिने बताउँदै बजेटले राखेका लक्ष्यहरु पुरा गनए आग्रह गरे।
बजेटले आर्थिक उत्पादन, गतिशिलता, औद्योगिक क्षेत्रलाई प्रोत्साहित गर्ने कृषि क्षेत्रलाई प्रोत्साहित गर्ने, काम गर्दैन् त्यस्तो पुँजीगत खर्चमा अलि पारदर्शी र कडा भएर हेर्न आवश्यक रहेको पनि उनको भनाइ छ।