Kathmandu Press

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि आउने

आज बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुगलाई प्रदेशसभाको चालु अधिवेशनमा जेठ २१ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गर्ने समेत निर्णय गरेको छ।
कोशी सरकारको नीति तथा कार्यक्रम भोलि आउने
Hardik ivf

मोरङ, जेठ २० : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुगलाई प्रदेशसभाको चालु अधिवेशनमा जेठ २१ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गर्ने समेत निर्णय गरेको छ।

बैठकले महालेखापरीक्षकको छैंटौ वार्षिक प्रतिवेदन–२०८१ प्रदेशसभामा पेस गर्न पनि स्वीकृत प्रदान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता लिलावल्लभ अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: १९:४८ बजे, आइतबार, जेठ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्