Kathmandu Press

‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’

मुख्यमन्त्री पाण्डेले दलीय स्वार्थ र न्यायाधीश अनुकूल न्याय गर्ने प्रविधिको सम्भावना रहेकाले कानुन तथा संविधानबाट यसको ‘प्राक्टिस’ सबै बदल्नुपर्ने बताए।
‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’
फाइल तस्बिर।

लमजुङ, जेठ २० : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिले दलीय आधारमा न्यायाधीश नियुक्त गर्ने चलन परिपाटी बसालिरहेकाले यसलाई नहटाएसम्म स्वतन्त्र न्यायलिकाको कल्पना गर्न नसकिने बताएका छन्।

बेँसीसहर नगरपालिका–३ मा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले दलीय स्वार्थ र न्यायाधीश अनुकूल न्याय गर्ने प्रविधिको सम्भावना रहेकाले कानुन तथा संविधानबाट यसको ‘प्राक्टिस’ सबै बदल्नुपर्ने बताए।

Hardik ivf

यदि बदल्न सकेन भने नेपालमा न्याय मर्ने उनको भनाइ छ। उनले भने, ‘यतिबेला हरेक कुराहरू न्यायालयमा पुग्न थालेका छन्, त्यो स्वाभाविक पनि हो, त्यस्तै अहिले सत्ताशीन दलहरुले संविधानको क्षेत्र खोजेर सरकार गिराउने र बनाउने प्रयत्न भइरहेकाले यो दुःखदायी कुरा हो, यसरी संविधानको छित्र खोजेर र मैले जे गरे पनि हुन्छ।’

सत्ता टिकाउने खेलमा मात्रै अघि बढ्यो भने संविधान र अहिलेको व्यवस्था बचाउन नसकिने उनले बताए। संविधान र संघीय व्यवस्थाप्रति अहिले चारैतिरबाट प्रहार भइरहेकाले यसको जवाफ कामबाट दिनुपर्नेमा उनले जोड दिए।

पाँच वर्षको स्थिर सरकारका लागि चुनावमा माओवादीसहित अन्य दलसँग नेपाली कांग्रेस मिलेर गठबन्धन गरेर अघि बढेको र त्यसले केही परिणाम दिए पनि पहिले मुख्य मान्छे नै अस्थिर हुँदा मुलुकले स्थिरता पाउन नसकेको मुख्यमन्त्री पाण्डेको आरोप छ। त्यसैले पाँच वर्षको अस्थिर सरकार बनाउन एउटा चुनौती रहेको उनको भनाइ छ।

प्रकाशित मिति: १७:०४ बजे, आइतबार, जेठ २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्