Kathmandu Press

‘सहकारीले उद्योगका लागि कच्चा पदार्थ उत्पादन गर्नुपर्छ’

मुख्यमन्त्री कार्कीले प्रदेशमा सञ्चालित सहकारी संस्थाले जनताको आर्थिक समृद्धि कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिँदै सरकारी संस्थामा कुनै समस्या आउन नदिनका लागि आवश्यक अनुगमनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
‘सहकारीले उद्योगका लागि कच्चा पदार्थ उत्पादन गर्नुपर्छ’

मोरङ, जेठ १९ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीले उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नुपर्ने बताएका छन्।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी लिमिटेड संस्थाद्वारा आयोजित सहकारी संस्थाहरूको सुसञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले मझौला तथा उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादनमा जोड दिनुपर्ने बताए।

Hardik ivf

मुख्यमन्त्री कार्कीले यसबाट कच्चा पदार्थमार्फत बाहिरिने विदेशी मुद्रा सञ्चिति पनि बचत भनाइ थियो। उनले भने, ‘गरिबी उत्थान र कृषि उत्पादनमा सरकारीको मुख्य जोड हुनुपर्छ।’

मुख्यमन्त्री कार्कीले प्रदेशमा सञ्चालित सहकारी संस्थाले जनताको आर्थिक समृद्धि कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिँदै सरकारी संस्थामा कुनै समस्या आउन नदिनका लागि आवश्यक अनुगमनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १९:४० बजे, शनिबार, जेठ १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्