सुनको मूल्य तोलामा १७ सयले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापवाला बिहिबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ।
काठमाडौं, जेठ १८ : स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि नयाँ कीर्तिमान कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापवाला बिहिबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ।
तेजाबी सुन बिहिबार एक लाख ३९ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ।
चाँदीको मूल्य भने तोलामा २५ ले ओरालो लागेको छ। बिहिबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि एक हजार आठ सय ७५ निर्धारण भएको छ।
प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1765546431.jpg)






