Kathmandu Press

उत्तर कोरियाले बेलुनमा फोहोर भरेर आफ्नो देशतर्फ पठाएको दक्षिण कोरियाको दाबी

उत्तर कोरियाले बेलुनमा फोहोर भरेर आफ्नो देशतर्फ पठाएको दक्षिण कोरियाको दाबी

काठमाडौं, जेठ १६ः उत्तर कोरियाले शौचलयमा प्रयोग हुने पेपर (ट्वाइलेट पेपर) र जनावरको मलजस्तो देखिने फोहोरले भरिएका बेलुनहरू दक्षिण कोरियामा पठाएको स्थानीय सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन्। सियोलको सेनाले प्योङयाङको यस तुच्छ कार्यको निन्दा गरेको छ।

उत्तर कोरियाले यस सप्ताहन्तमा सियोलसँग बदला लिन सीमावर्ती क्षेत्रहरूमा फोहोरको वर्षा गर्ने चेतावनी दिएपछि फोहोरले भरिएको र संदिग्ध मलमूत्रले भरिएका सेतो बेलुनको व्यापक तस्बिरहरू दक्षिण कोरियाली सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए।

Hardik ivf

‘उत्तर कोरियाली प्रचारका लागि पठाइएका हुनसक्ने पर्चा र अज्ञात वस्तुहरू ग्योन्गी–गाङवोन सीमा क्षेत्रमा पहिचान गरिएको छ र सेनाले अनुसन्धान गरिरहेको छ,’ सियोलका सेना प्रमुखले बताएका छन्।

‘नागरिकहरू बाहिरी गतिविधिहरूबाट टाढा रहन, कुनै पनि अज्ञात वस्तुहरूको सम्पर्कमा नआउन र यस्ता घटनाबारे नजिकको सैन्य आधार वा प्रहरी कार्यालयलाई जानकारी दिन भनिएको दक्षिण कोरियाली अधिकारीबाट एएफपीले प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ।

‘उत्तर कोरियाको यसप्रकारका कार्यहरूले स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दछ र हाम्रा जनताको सुरक्षामा गम्भीर खतरा पुर्‍याउँछ, केही बेलुनहरूमा फोहोरजस्तो देखिने वस्तु रहेको र सेनाले जाँच गरिरहेको छ। हामी उत्तर कोरियालाई आफ्नो अमानवीय र निम्न–वर्गका कार्यहरू तुरुन्तै रोक्न कडा चेतावनी दिन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

कहिलेकाहीँ दक्षिण कोरियालीहरूले पनि किम जोङ–उन शासन विरोधी प्रचारका लागि पर्चा र उत्तरी सिमानामा बस्ने मानिसहरूका लागि पैसा राखिएका बेलुनहरू उत्तरतर्फ छोड्ने गरेका थिए। प्योङयाङ सम्भवतः कडा रूपमा नियन्त्रित समाजमा बाहिरी जानकारीको आगमनले किम शासनका लागि खतरा निम्त्याउन सक्छ भन्ने चिन्ताको कारण लामो समयदेखि दक्षिणको यस्तो प्रचार अभियानहरूबाट क्रोधित भएको र केही समय पहिले बदला लिने चेतावनी दिएको थियो।

सन् १९५०–५३ को कोरियाली युद्ध अन्त्यका लागि गरिएको युद्धविराम गरिए पनि त्यसयता दुवै राष्ट्रहरू प्राविधिक रूपमा युद्धमा छन्।

प्रकाशित मिति: १४:४४ बजे, बुधबार, जेठ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्