Kathmandu Press

‘स्थानीय तहलाई सबैखाले विकासको केन्द्र बनाइनेछ’

‘सरकारले स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ,’ अर्थमन्त्री पुनले भने।
‘स्थानीय तहलाई सबैखाले विकासको केन्द्र बनाइनेछ’

काठमाडौं, जेठ १६ : अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित बजेट ल्याइएको बताएका छन्।

बुधबार पोस्ट बजेट अन्तर्क्रियाको क्रममा अर्थमन्त्री पुनले केन्द्र सरकारले स्थानीय तहलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताएका हुन्।

Hardik ivf

‘सरकारले स्थानीय तहलाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ,’ अर्थमन्त्री पुनले भने, ‘त्यसैलाई आधार मानेर बजेट ल्याइएको छ। यसक्रममा स्थानीय तहमा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापनालगायतका लक्ष्य बजेटमा समावेश गरेका छौँ।’

अर्थमन्त्री पुनले चालू आर्थिक वर्षको बजेट वस्तुपरक बनाउने प्रयास भएको बताए ।  विगतका वर्षमा ल्याइएका बजेट प्रक्षेपणहरू नमिलेको अवस्थालाई अध्ययन गरेर आगामी आर्थिक वर्षको बजेट वस्तुपरक बनाइएको उनको भनाइ छ।

पुनले आगामी बजेटले आमजनतामा आशा जगाएकोसमेत दाबी गरे। ‘बजेट सार्वजनिक हुनुअगाडि विभिन्न कारण दबाबमा थियौँ, आज रिल्याक्स मुडमा छौँ,’ उनले भने, ‘प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौँ।’

प्रकाशित मिति: १४:४१ बजे, बुधबार, जेठ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्