Kathmandu Press

काठमाडौं–तराई–मधेश द्रुतमार्गलाई २२ अर्ब ५४ करोड

आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका हुन्।
काठमाडौं–तराई–मधेश द्रुतमार्गलाई २२ अर्ब ५४ करोड

काठमाडौं, जेठ १५ : आगामी आर्थिक वर्ष काठमाडौं–तराईरमधेश द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका हुन्।

द्रुत मार्गमा आगामी आर्थिक वर्ष थप एक सुरुङ निर्माण सम्पन्न गरिने भएको छ।

बजेटमा नेपाली सेनाले बनाइरहेको द्रुत मार्ग आगामी २०८३ चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ।

प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्