Kathmandu Press

चीन भन्छ – भारत र पाकिस्तान संयमित हुनुपर्छ 

काठमाडौं, फागुन १४ : भारत प्रशासित कास्मिरको पुलवामा भएको आतंककारी आक्रमणको जवाफमा भारतले पाकिस्तान प्रशासित काश्मिरमा बम खसालेपछि चीनले दुवै मुलुकलाई संयम अपनाउन....

चीन भन्छ – भारत र पाकिस्तान संयमित हुनुपर्छ 

काठमाडौं, फागुन १४ : भारत प्रशासित कास्मिरको पुलवामा भएको आतंककारी आक्रमणको जवाफमा भारतले पाकिस्तान प्रशासित काश्मिरमा बम खसालेपछि चीनले दुवै मुलुकलाई संयम अपनाउन आग्रह गरेको छ ।

भारतीय अंग्रेजी दैनिक ‘दि इन्डियन एक्सप्रेस’को अनलाइन संस्करण अनुसार, चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले दक्षिण एसियामा शान्ति र स्थिरताको लागि भारत र पाकिस्तानबीच राम्रो सम्बन्ध हुनु जरुरी रहेको जनाएका छन् । 

बेइजिङमा भएको ब्रिफिङमा लु काङले आतंकवादसँगको लडाइँमा मुलुकहरुबीच सहकार्य जरुरी रहेको पनि औंल्याए । 

काङले सोमबार चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरेशीबीच बातचित भएको जानकारी पनि दिए । दुई विदेश मन्त्रीको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्रीले आतकंवाद विरोधी लडाइँमा भारत र पाकिस्तानले एकअर्कासँग सहकार्य गर्नु आवश्यक रहेको सन्देश दिएको पनि प्रवक्ताले जानकारी दिए ।  

 
 

प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, फागुन १४, २०७५