आगामी आर्थिक वर्ष ‘आर्थिक सुधारको वर्ष’ घोषणा
संघीय संसदको संयुक्त बैठका आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन्।
काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षलाई ‘आर्थिक सुधारको वर्ष’का रुपमा घोषणा गरेको छ।
संघीय संसदको संयुक्त बैठका आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन्।
बजेट भाषणका क्रममा उनले नीजि क्षेत्रमा आत्मविश्वास बढ्दै गएको र आर्थिक सुधारको संकेत देखिँदै गएको बताए।
संघीय लोकतान्त्रिक गणतन्त्र घोषणपछि २४ हजारभन्दा धेरै व्यक्ति समावेशी कोटाबाट सरकारी सेवामा प्रवेश गरेको उनले बताए।
प्रकाशित मिति: १५:३१ बजे, मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












