आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुन
पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन्।काठमाडौं, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन्।
यसअघि आज दिउँसो १ बजेका लागि निर्धारित संसदको संयुक्त बैठक दुई घण्टा पर अर्थात् अपराह्न ३ बजेका लागि सारिएको थियो। सहकारीको रकम हिनामिनाका सम्बन्धमा नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलले संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका थिए। सोही समिति गठनको कार्यादेश टुंगो लगाउनका लागि आजको बैठक दुई घण्टा पर सारिएको थियो।
उक्त समिति गठन र सोको कार्यक्षेत्रमा प्रमुख दलहरुबीच सहमति जुटेपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ।
संयुक्त बैठकपछि आजै दुवै सदनका बेग्लाबेग्लै बैठक बस्नेछन्।
प्रकाशित मिति: १५:२५ बजे, मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधाआइतबार, मंसिर ९, २०८१
सुनको मूल्य वृद्धि, तोलाको एक लाख ६७ हजार नाघ्यो आइतबार, मंसिर ९, २०८१
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदैआइतबार, मंसिर ९, २०८१
चिलिमेका तीनवटै आयोजना सम्पन्न, १६८ मेगावाट थपशनिबार, मंसिर ८, २०८१