Kathmandu Press

अमेरिकामा आँधीका कारण १८ जनाको मृत्यु, लाखौँ प्रभावित

अमेरिकामा आँधीका कारण १८ जनाको मृत्यु, लाखौँ प्रभावित

काठमाडौं, जेठ १४ः संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा घातक आँधीका कारण चार बालबालिकासहित १८ जनाको मृत्यु भएको र लाखौंले गम्भीर मौसमको खतराको सामना गर्नुपरेको सिएनएनले जनाएको छ।

मुख्यतः मध्य–मिसिसिपी, ओहायो र टेनेसी उपत्यकाजस्ता अमेरिकाका फराकिलो क्षेत्रहरूमा आइतबार करिब १० करोड ९० लाखभन्दा बढी व्यक्ति असिना, दूषित र तेजयुक्त हावा र भयानक आँधीको खतराको सामना गर्नु परेको थियो।

Hardik ivf

आँधी पूर्वानुमान केन्द्रले आँधीबेहरी पूर्वतिर सर्दै जाँदा खराब मौसमी प्रभावले व्यापक क्षति पुर्‍याउने चेतावनी पनि दिएको छ। केन्द्रले अर्कान्सास, इलिनोइस, केन्टकी, मिसौरी र टेनेसीका भागहरू समेट्छ। सेन्ट लुइस र जेफरसन सिटी, मिसौरी, पादुका, केन्टकी, कार्बोन्डेल, इलिनोइसका चार लाख ७० हजार मानिसलाई प्रभावित गर्ने जनाएको छ।

आइतबार कम्तिमा ११ वटा आँधीबेहरी आएको बताइएको छ भने ‘मेमोरियल डे’मा मौसम अझ गम्भीर हुने अनुमान गरिएको छ।

सोमबारको गम्भिर मौसमको जोखिमको केन्द्रमा न्यू इंग्ल्यान्डको दक्षिण–पूर्वी तटका १२ करोडभन्दा बढी मानिसहरू रहेका छन्। यसबाहेक, आइतबार इन्डियाना, इलिनोइस र केन्टकी हुँदै आएको आँधीबेहरीले पूर्वतिर सर्दै निरन्तर खतरा उत्पन्न गरिरहेको छ ।

प्रकाशित मिति: १४:३२ बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्