कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज दिउँसो १ बजे बैठक बस्नेछ।
काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसले सहकारी प्रकरणमा ठोस धारणा बनाउन कांग्रेसले बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ।
पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज दिउँसो १ बजे बैठक बस्नेछ।
सहकारी बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न सदन र सडकबाट माग गर्दै आएको छ।
सोमबार बिहान पनि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता र प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको थियो। तर, छलफलमा कुनै निष्कर्ष निस्किएन।
आजै संसदीय छानविन समितिको कार्यादेशमा सहमति जुटाउन शीषै नेताहरुबीच छलफल हुँदैछ।
प्रकाशित मिति: १२:३३ बजे, सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












