दाङ, सल्यान र रूकुममा टेलिमको सेवा अवरुद्ध
घोराही, तुलसीपुर, सल्यान र रूकुमलगायत क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको र मर्मतका लागि लमहीबाट टोली गएको नेपाल टेलिकम भैरहवाले जनाएको छ।
काठमाडौं, जेठ १४ : पश्चिमका तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको छ। दाङ, सल्यान र रूकुमलगायत क्षेत्रमा टेलिकमको सेवा सोमबार बिहानदेखि अवरूद्ध भएको हो।
दाङको लमहीदेखि १३ किमी पश्चिम क्षेत्रमा अप्टिकल फाइबरमा समस्या देखिएको छ।
घोराही, तुलसीपुर, सल्यान र रूकुमलगायत क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको र मर्मतका लागि लमहीबाट टोली गएको नेपाल टेलिकमले जनाएको छ।
प्रकाशित मिति: १२:५१ बजे, सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












