प्रतिपक्ष दलहरुसँग प्रधानमन्त्रीको छलफल, जुटेन सहमति
सहकारी ठगी प्रकरणमा कांग्रेसले पूर्ववत अडान कायम राखेको छ। बालुवाटार छलफलपछि सत्तापक्षले समस्या समाधान गर्नेभन्दा अल्झाउन खोजेको कांग्रेस नेताहरुले बताएका छन्।
काठमाडौं, जेठ १४ : सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविनका लागि संसदिय छानविन समिति गठन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग गरेको छलफल विना उपलब्धी सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी कांग्रेससँग छलफल गरेका थिए। तर सहमती नजुटेपछि पुनः छलफल गर्ने गरी नेताहरु बालुवाटारबाट निस्किएका थिए।
प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका नेताहरुले सोमबार नै पार्टी सभापति शेरबहादुर देउवासँग कार्यादेशका बिषयमा छलफल गर्ने भएका छन्।
सहकारी ठगी प्रकरणमा कांग्रेसले पूर्ववत अडान कायम राखेको छ। बालुवाटार छलफलपछि सत्तापक्षले समस्या समाधान गर्नेभन्दा अल्झाउन खोजेको कांग्रेस नेताहरुले बताएका छन्।
मंगलबार बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति जुटाउन गृहकार्य भइरहेको समेत जनाइएको ।