Kathmandu Press

भाजपाले ३ सय सिट कटाउने गृहमन्त्री शाहको दाबी

‘सरकार गठन गर्न हामीसँग पाँच चरणको मतदानबाट नै पर्याप्त संख्या प्राप्त भइसकेको छ,’ शाहले भनेका छन्।
भाजपाले ३ सय सिट कटाउने गृहमन्त्री शाहको दाबी

नयाँ दिल्ली, जेठ १४ : भारतको तल्लो सदन लोकसभाको निर्वाचनमा छैटौं चरणको मतदान सकिएको छ।

अब अन्तिम सातौं चरणको मतदान सकिएपछि केही दिनमा मत परिणाम सार्वजनिक गरिने त्यहाँको निर्वाचन आयोगले जनाएकोछ।

Hardik ivf

सत्तारुढ भारतीय जनता पार्टीले यो निर्वाचनमा भारी मत हासिल गर्ने दाबी गरिरहेको छ। विपक्षी कांग्रेस आईले भने आफ्नो अवस्थामा ठूलो सुधार आउनेछ भनेर सत्तापक्षलाई तर्साइरहेको छ। दुवैतिर गठबन्धन छ र भाजपाले भने ४ सय सिट कटाउने भविष्यवाणी गरेको थियो।

यसैबीच गृहमन्त्री तथा भाजपा नेता अमीत शाहले पाँचौंं चरणको मतमै भाजपाले बहुमत हासिल गरिसकेको अनुमानित दाबी गरेका छन्। शाहका अनुसार भाजपाले अन्तिम चरणको मतदान अघि नै ३ सय हाराहारीको जीत हासिल गरिसको छ।

‘सरकार गठन गर्न हामीसँग पाँच चरणको मतदानबाट नै पर्याप्त संख्या प्राप्त भइसकेको  छ,’ शाहले भनेका छन्।

‘२७२ माथि’ भनेर सोधिएको एक प्रश्नमा शाहले भनेका छन्– ‘हामी कतै ३०० र ३१० को बीचमा छौं। यो छैटौं चरणको मत गणना नगरी हो, हामी सहज स्थितिमा छौं। यस पटक हामी १० वर्षको ट्र्याक रेकर्ड र २५ वर्षको शक्तिशाली सकारात्मक एजेन्डा लिएर जनतासामु गयौं।’

प्रकाशित मिति: १२:१३ बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्