Kathmandu Press

‘सिरोहियाविरुद्ध राज्य लाग्यो, कानूनको गलत र कपटपूर्ण प्रयोग भयो’

उनले अदालतले कान्तिपुरका मालिक सिरोहियालाई पक्राउ गर्न पहिला आदेश नदिएको बरु सरकार आफैं पक्राउ पूर्जी माग्न अदालत पुगेको दाबी गरे।
‘सिरोहियाविरुद्ध राज्य लाग्यो, कानूनको गलत र कपटपूर्ण प्रयोग भयो’

काठमाडौं, जेठ १४ : कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सरकारले कानूनको गलत र कपटपूर्ण प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप लगाएका छन्।

सोमबार काठमाडौंमा गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले अदालतले कान्तिपुरका मालिक सिरोहियालाई पक्राउ गर्न पहिला आदेश नदिएको बरु सरकार आफैं पक्राउ पूर्जी माग्न अदालत पुगेको दाबी गरे।

Hardik ivf

‘हामीले प्रधानमन्त्रीसँग भेट्दा किन यसरी सिरोहियालाई पक्राउ गरेको भनेर सोध्दा अदालती प्रकृयाबाट पक्राउ पूर्जी आयो। अब अदालतले नै छोड्ला भन्ने हल्का जवाफ दिनुभयो,’ सिटौलाले थपे, ‘सरकारले प्रहरीलाई अदालतमा गएर पक्राउ पूर्जीको आदेश माग है नभनेको भए अदालत आफैंैले पूर्जी दिन्थ्यो त? अदालत के आफैं एक्टिभ भएको हो त?’

अदालत आफैंले पक्राउ गर्नलाई निर्देशन दिएको नभएर सरकार एक्टिभ भएको उनले बताए। ‘उहाँलाई जुन परिस्थितिमा जुन तरिकाले पक्राउ गरेर लगियो र हिरासतमा राखेर जसरी अनुसन्धान भइराखेको छ, ठ्याक्कै त्यसको निष्कर्षमा भन्दा त्यो कानूनको अत्यन्त गलत र कपटपूर्ण प्रयोग भैरहेको छ,’ उनले भने।

सिटौलाले कान्तिपुरले पटक पटक सहकारी ठगीको विषय मुद्दाका रुपमा उठाएकाले संसदमा गृहमन्त्रीविरुद्ध संसदीय छानविन समितिको माग भएको भन्ने परेकाले नै गृहमन्त्री रवि लामिछानेले सिरोहियालाई समाएपछि सबै मिडियाले आफूबारे बोल्न छाड्छन भन्ने हेतुले सिरोहियालाई पक्राउ गर्न लगाएको आरोप लगाए।

गणतन्त्र स्थापनाको लागि ०६२÷०६३ मा भएको आन्दोलनमा राजनीतिक दलहरुले आन्दोलन अगाडि बढाउन नसकेको स्थितिमा कान्तिपुरसँगै प्रेस जगत सडकमा आएको स्मरण गरेका उनले कान्तिपुर जस्तो प्रेसको मुख थुन्नु भनेको जनताको मुख थुन्नु भएको टिप्पणी गरे।

प्रकाशित मिति: १०:४० बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्