Kathmandu Press

बजेट प्रस्तुत गर्ने सहमती जुटाउन सत्ता पक्ष र प्रतिपक्षीबीच बालुवाटारमा बैठक जारी

बजेट प्रस्तुत गर्ने सहमती जुटाउन सत्ता पक्ष र प्रतिपक्षीबीच बालुवाटारमा बैठक जारी

काठमाडौं, जेठ १४ः प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा शीर्ष राजनीतिक दल र कार्यदलको बैठक सुरु भएको छ।

प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्य गरी मंगलबार सहज वातावरणमा बजेट प्रस्तुत गर्ने सहमती जुटाउने प्रयासमा बैठक बोलाएर प्रतिपक्ष दलका नेताहरुसँगै कार्यदलका सदस्यहरुसँग एकसाथ छलफल गरिरहेका छन्। बैठक दाहाल निवास बालुवाटामा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Hardik ivf

छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियारलगायतका नेता सहभागी छन्।

यस्तै, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र प्रमुख सचेतक महेश बर्तौला सहभागी हुँदा माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, सचेतक हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम वाग्ले र सन्तोष परियारलगायत सहभागी छन्।

प्रकाशित मिति: १०:२९ बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्