सैनिकका सन्ततिलाई प्रभु बैंकले शैक्षिक कर्जा दिने
काठमाडौं, फागुन १४ : प्रभु बैंकले नेपाली सेनाका सन्ततिलाई शैक्षिक कर्जा दिने भएको छ । यससम्बन्धी सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकबीच मंगलब....

काठमाडौं, फागुन १४ : प्रभु बैंकले नेपाली सेनाका सन्ततिलाई शैक्षिक कर्जा दिने भएको छ । यससम्बन्धी सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकबीच मंगलबार कर्जा दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् २५ लाख रुपैयाँसम्मको हुने छ । सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्फबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल सैनिक जंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकासप्राप्त सकल दर्जाका सैनिकहरूका छोराछोरीलाई कर्जा दिने छ ।
उनीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषयअन्तर्गत जस्तै चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि र पशु विज्ञान तथा वन विज्ञान संकायमा स्नातक वा सोभन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ ।











