Kathmandu Press

पाँच प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैबाट गण्डकी प्रदेशको पहाडी भू–भागकाथोरैस्थान र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का  देखि मध्यम वर्षा भैरहेको छ ।
पाँच प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं, जेठ १४ : आज काठमाडौं उपत्यकासहितकोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैबाट गण्डकी प्रदेशको पहाडी भू–भागकाथोरैस्थान र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का  देखि मध्यम वर्षा भैरहेको छ ।

Hardik ivf

यस्तै सोमबार दिउँसोकोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ । 

आज रातीकोशी प्रदेशमा पूर्ण बदली रहने छ । मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम पनि आंशिक बदली रहने छ। 

राति कोशी प्रदेशका केही स्थानहरूमा,गण्डकी प्रदेशका एवं मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।  

प्रकाशित मिति: ०७:४३ बजे, सोमबार, जेठ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्