Kathmandu Press

‘मानव अधिकारको मर्यादा र स्वतन्त्रतालाई साँघुरो घेराभित्र परिभाषित नगरौं’

मानव अधिकारको हक र हितका लागि आयोगले खेल्दै आएको भुमिकोको प्रसंसा गर्दै मन्त्री गिरीले नेपाल सरकारको सधैं साथ र सहयोग रहेको समेत बताए।
‘मानव अधिकारको मर्यादा र स्वतन्त्रतालाई साँघुरो घेराभित्र परिभाषित नगरौं’

काठमाडौं, जेठ १३ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले मानव अधिकारको मर्यादा र स्वतन्त्रतालाई साँघुरो घेराभित्र परिभाषित गर्न नहुने जिकिर गरेका छन्।

आइतबार राष्ट्रिय मावन अधिकार आयोगको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गिरीले मानव अधिकारलाई मानवीय जीवनका बहुआयामिक पक्षहरुको बृहत र सुक्ष्म अध्ययन, अनुसन्धान र विष्णेषणका आधारमा परिभाषित गर्नुपर्ने बताएका हुन्।

Hardik ivf

मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि राज्य र राजनीतिक शक्तिको बलियो प्रतिवद्धता रहेको उनको दाबी थियो।

‘मानव अधिकारप्रति राज्य र राजनीतिक शक्तिको बलियो प्रतिवद्धता र एक्यवद्धता रहँदा आयोगले मानव अधिकारका मान्यता र क्षेत्रहरुमा नेतृत्व लिन सक्षम भएको तथ्य समेत प्रमाणित भएको छ। यस महत्वपूर्ण उपलब्धिका निम्ति आयोगको नेतृत्व, कर्मचारी संयन्त्र तथा अधिकारकर्मीहरुमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु,’ उनले भने।

मानव अधिकारलाई मर्यादा र स्वतन्त्रताको साँघुरो घेराभित्र परिभाषित गरिनु नहुने बताउँदै उनले यसलाई मानवीय जीवनका बहुआयामिक पक्षहरुको बृहत र सुक्ष्म अध्ययन अनुसन्धान र विश्लेषण गर्नुपर्ने बताए।

मानव अधिकारको हक र हितका लागि आयोगले खेल्दै आएको भुमिकोको प्रसंसा गर्दै मन्त्री गिरीले नेपाल सरकारको सधैं साथ र सहयोग रहेको समेत बताए।

 

प्रकाशित मिति: २०:५५ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्