Kathmandu Press

निलम्वित न्यायाधीश गिरि जबरजस्ती करणी मुद्दामा दोषी ठहर

सम्बन्ध विच्छेद भइसकेपछि पनि सहमति विना शारीरिक सम्बन्ध राखेको भन्ने आधारमा अदालतले दोषी ठहर गरेको छ।
निलम्वित न्यायाधीश गिरि जबरजस्ती करणी मुद्दामा दोषी ठहर

काठमाडौं, जेठ १२ : जिल्ला अदालत काठमाडौंले निलम्बित न्यायाधीश भुवन गिरिलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ।

न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो। गिरी हाल सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन्।

Hardik ivf

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो।

सम्बन्ध विच्छेद भइसकेपछि पनि सहमति विना शारीरिक सम्बन्ध राखेको भन्ने आधारमा अदालतले दोषी ठहर गरेको छ। गिरीलाई सजाय भने बाँकी छ।

पीडितले सम्बन्ध विच्छेद र वैवाहिक जबरजस्ती करणी मुद्दा चली सम्बन्ध नै विवादमा रहेको अवस्थामा सहजै एक्लै पीडितको कोठामा जाने जस्ता गतिविधि हुने गरेको बयान अदालतमा दिएकी थिइन्।

प्रकाशित मिति: १९:३३ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्