Kathmandu Press

‘ओली–लामिछाने भ्रष्टाचारको गठबन्धन’

सहकारी ठगीमा गृहमन्त्री लामछिानेलाई जोगाएर ओली बोल्ने र लामिछानेले एमाले अध्यक्ष ओलीलाई गिरिबन्धु टी स्टेटको जग्गा प्रकरणमा जोगाउने गठबन्धन गरेको उनले बताए।
‘ओली–लामिछाने भ्रष्टाचारको गठबन्धन’

काठमाडौं, जेठ १३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै विभिन्न प्रकरणमा मुछिएकाले  एकअर्कालाई बचाउदै हिँडेको आरोप लगाएका छन्।

कांग्रेसले आइतबार काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

Hardik ivf

सहकारी ठगीमा गृहमन्त्री लामछिानेलाई जोगाएर ओली बोल्ने र लामिछानेले एमाले अध्यक्ष ओलीलाई गिरिबन्धु टी स्टेटको जग्गा प्रकरणमा जोगाउने गठबन्धन गरेको उनले बताए। 

‘भ्रष्टाचारका प्रकरणहरु ढाकछोप गर्नका लागि संगठित अपराधजस्तो प्रवृत्ति प्रस्तुत हुन थाल्यो । पूर्व प्रधानमन्त्री कमरेड केपी ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएर नै बोल्ने मनोविज्ञानमा देखिनु भएको देशका सामु प्रमाणका रुपमा छ,’ उनले भने, ‘ओलीको त्यो भूमिका छ भने गृहमन्त्रीको भूमिका एमाले अध्यक्षलाई गिरिबन्धुको प्रकरणमा जोगाउनको लागि साथ दिने । यो गठबन्धनको नयाँ नामकरण गरेका छौं– यो सहकारीबन्धु गठबन्धन हो।’

सभालाई सम्बोधनका क्रममा उनले प्रतिनिधि सभाका सभामुखको भूमिका पदको गरिमा अनुरुपको हुन नसकेको पनि बताए।

प्रतिनिधि सभाका सभामुखको भूमिका पदको गरिमा अनुरुपको हुन सकेन । सभामुखले प्रधानमन्त्रीलाई भन्नुपर्ने थियो कि तपाईले विश्वासको मत लिने अधिकारको रक्षा गर्दछु, तर प्रतिपक्षले संसदमा आफ्नो विमति राखिरहेको समयमा विश्वासको मतको गणना गर्न मिल्दैन । तर, सभामुखले यो भन्न सक्ने क्षमता राख्न सक्नु भएन,’ महामन्त्री शर्माले भने।

साना दलहरुलाई विभाजन गर्ने षड्यन्त्रमा स्वयंम प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री सामेल भएको भन्दै सरकारको यस्तो क्रियाकलापको विपक्षमा कांग्रेस सडकमा उभिएको पनि उनको भनाइ छ।

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्