‘जनताको कुरा सरकारसम्म पुर्याउने काम पत्रकारको हो’
उनले सञ्चार क्षेत्रसम्बन्धी नीति, कानून, नियमावली र नियम प्रदेश सरकारले बनाएको भन्दै त्यसको कार्यान्वयनमा देखिएका समस्या समाधान गरिने बताए।
हेटौंडा, जेठ १३ : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनताका विषयलाई सरकारसम्म पुर्याउने काम पत्रकारको भएकाले पत्रकार जिम्मेवार हुनुपर्ने बताएका छन्।
कृष्ण सेन ईच्छुकको २२औं स्मृति दिवसका प्रेस सेन्टर नेपाल मकवानपुरले आयोजना गरेको अन्तरक्रियामा उनले पत्रकारहरुमा आलोचनात्मक चेत हुनुपर्नेमा जोड दिए। उनले भने, ‘पत्रकारले खबरदारी र सचेत गराउने काम गरेमा समाजमा सुशासन कायम रहन्छ।’
मुख्यमन्त्री कट्टेलले सरकार र नेतृत्वले आलोचना सहने क्षमता राख्नुपर्ने बताए। उनले सञ्चार क्षेत्रसम्बन्धी नीति, कानून, नियमावली र नियम प्रदेश सरकारले बनाएको भन्दै त्यसको कार्यान्वयनमा देखिएका समस्या समाधान गरिने बताए।
प्रकाशित मिति: १९:०० बजे, आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












