Kathmandu Press

कोशी प्रदेशसभा बैठकमा विनियोजन विधेकयको सिद्धान्त र प्राथमिकता पेस

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता पेस गर्दै यसको आधारमा बजेट विनियोजन गर्दा उत्पादनशील तथा परिणाममुखी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिने रहेको बताए।
कोशी प्रदेशसभा बैठकमा विनियोजन विधेकयको सिद्धान्त र प्राथमिकता पेस
फाइल तस्बिर।

मोरङ, जेठ १३ : कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ पेस भएको छ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता पेस गर्दै यसको आधारमा बजेट विनियोजन गर्दा उत्पादनशील तथा परिणाममुखी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिने रहेको बताए।

Hardik ivf

उनले बजेट विनियोजन गर्दा स्रोतको सीमिततालाई दृष्टिगत गर्दै चाँडो प्रतिफल दिनसक्ने तयारी पूरा भएका आयोजन तथा कार्यक्रम छनौट गरिने बताए।

मन्त्री मगरले बहुवर्षीय स्रोत सुनिश्चितता भएका आयोजनहरुमा पर्याप्त बजेट विनियोजन गर्ने जनाउँदै साधारण खर्चमा मितव्ययिता कायम गर्नेमा जोड दिए। उनले वाञ्छित सीमाभित्र राख्ने र वित्तीय अनुशासन कायम गर्न नीति लिने भन्दै अनुगमन प्रणालीलाई सुदृढ गरी बजेट कार्यान्वयन गर्ने बताए।

उनले बजेट सिद्धान्त र प्राथमिकतालाई आधार मानेर पूर्वाधार विकास, पर्यटन, वन तथा वातावरण संरक्षण, कृषिको आधुनिकीकरण र व्यवसायीकरण, स्वास्थ्य सेवा तथा सामाजिक विकास, सहरकारी र गरिबी निवारण, औद्योगिक विकास र निजी क्षेत्रको प्रवद्र्धन, कानुनी शासन र विपद् व्यवस्थापन, सार्वजनिक वित्तीय व्यवस्थापन र सार्वजनिक सेवा प्रवाह र सुशासनमा बजेट केन्द्रित रहने बताए।

प्रकाशित मिति: १८:५६ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्