Kathmandu Press

फ्रेन्चाइज भलिबल लिग आयोजना हुने

भलिबल खेलको अन्तर्राष्ट्रिय स्तरमा विकास, विस्तार र प्रवर्धन गर्न र व्यवसायिक रुपमा विकास गर्ने उद्देश्यले सम्झौता गरेको संघले जनाएको छ।
फ्रेन्चाइज भलिबल लिग आयोजना हुने

काठमाडौं, जेठ १३ : नेपाल पुरुष फ्रेन्चाइज भलिबल लिग आयोजना हुने भएको छ।

लिग आयोजनाका लागि नेपाल भलिबल संघ र केडिया अर्गनाइजेसन प्रालिबीच आइतबार सम्झौता भएको छ। सम्झौतासँगै आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो।

भलिबल खेलको अन्तर्राष्ट्रिय स्तरमा विकास, विस्तार र प्रवर्धन गर्न र व्यवसायिक रुपमा विकास गर्ने उद्देश्यले सम्झौता गरेको संघले जनाएको छ।

सम्झौताअनुसार नेपाल पुरुष फ्रेन्चाइजी भलिबल लिग सम्पन्न गर्न लाग्ने सबै खर्च केडिया अर्गनाइजेसन प्रालिले संघलाई उपलब्ध गराउने अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए।

उनका अनुसार फ्रेन्चाइजी भलिबल लिग सञ्चालन गर्न केडिया अर्गनाईजेसनले भलिबल संघलाई वार्षिक ३५ लाख रुपैयाँ उपलब्ध गराउने छ।

प्रतियोगिताको प्रथम संस्करण आउँदो माघ–फागुन महिनासम्म काठमाडांैमा हुने र अन्य संस्करणहरु होम एण्ड अवेको आधारमा नेपालका विभिन्न सहरहरुमा समेत खेलाइने लक्ष्य राखिएको अध्यक्ष चन्दले बताए।

प्रकाशित मिति: १८:४७ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्