Kathmandu Press

‘कांग्रेसको निष्ठा र लोकतान्त्रिक संस्कृतिमाथि प्रश्न नगर्नुस्’

‘कांग्रेसलाई लोकतान्त्रिक दल हो वा होइन भन्नु आमाको अघि उभिएर मावलीको बयान गरे जस्तै हो,’ उनले भने, ‘कांग्रेसलाई लोकतन्त्रवादी र अलोकतान्त्रिक भनी प्रश्न गर्नेसँग हामी सहमत हुँदैनौं।’
‘कांग्रेसको निष्ठा र लोकतान्त्रिक संस्कृतिमाथि प्रश्न नगर्नुस्’

काठमाडौं, जेठ १३ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीमा लाखौंको सङ्ख्यामा रहेका बचतकर्ताको अर्बौ रकम फिर्ता गराई न्याय दिलाउन दबाब दिने उद्देश्यले आज राजधानीमा विरोध प्रदर्शनी गरेको छ।

प्रदर्शनी मार्गमा भएको आमसभामा महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियाबारे कांग्रेसको निष्ठा र लोकतान्त्रिक संस्कृतिमाथि कसैले प्रश्न नगर्न चेतावनी दिए।

Hardik ivf

‘कांग्रेसलाई लोकतान्त्रिक दल हो वा होइन भन्नु आमाको अघि उभिएर मावलीको बयान गरे जस्तै हो,’ उनले भने, ‘कांग्रेसलाई लोकतन्त्रवादी र अलोकतान्त्रिक भनी प्रश्न गर्नेसँग हामी सहमत हुँदैनौं।’

अन्यायमा परेका निमुखा तथा श्रमजीवी नागरिकको मुद्दालाई पार्टीले गहन ढंगले उठाउँदै आएको बताउँदै उहाँले कांग्रेसमाथि लगाइएको अलोकतान्त्रिकको आरोप आफूहरुलाई सह्य नहुने प्रतिक्रिया दिए।

‘सरकार  प्रतिपक्षलाई हेर्ने अहिलेको व्यवहारबाट सच्चिनुपर्छ, सभामुख स्वतन्त्र र निष्पक्ष हुनुपर्छ, सहकारी प्रकरणमा संलग्नमाथि निष्पक्ष संसदीय छानबिन हुनुपर्छ,’ महामन्त्री शर्माले भने।

 कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिनको माग गर्दै निरन्तर नाराबाजीका साथ संसद् अवरुद्ध गर्दै आएको छ।

प्रकाशित मिति: १८:२१ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्