Kathmandu Press

सांसद मण्डलसहित नौं जनालाई ‘आइकन अफ कोशी’ सम्मान

नेपाल युवा परिषद्को कोशी प्रदेशमा जारी प्रदेश युवा सम्मेलनमा प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल सहित विभिन्न नौं जनालाई ‘आइकन अफ कोशी’ सम्मान गरिएको हो।
सांसद मण्डलसहित नौं जनालाई ‘आइकन अफ कोशी’ सम्मान

मोरङ, जेठ १३ : विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका नौं जनालाई ‘आइकन अफ कोशी’ बाट सम्मान गरिएको छ।

नेपाल युवा परिषद्को कोशी प्रदेशमा जारी प्रदेश युवा सम्मेलनमा प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल सहित विभिन्न नौं जनालाई ‘आइकन अफ कोशी’ सम्मान गरिएको हो। सदस्य मण्डललाई शिक्षा विधामा सम्मानित गरिएको हो। मण्डल गत प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेदवार रहेर बिजयी भएका थिए।

Hardik ivf

स्वास्थ्य विधामा झापाका डा.ज्ञानेन्द्र बहादुर कार्की, सामाजिक सेवामा झापाका रञ्जु शर्मा, महिला तथा वालबालिका विधामा मोरङकी सिता पोखरेल र पत्रकारिता विधामा मोरङकै मिन कुमार श्रेष्ठ सम्मानित भए।

koshi1-1716725213.jpg

यस्तै खेलकुद विधामा झापाकी रुबिना क्षेत्री, उद्यमशीलतामा मोरङका मोहन गजुरेल, सुचना प्रविधिमा मोरङकै समिर फुयाँल र युवामा सुनसरीका अरुण खड्का सम्मानित भए। आइकन अफ कोशी सम्मानका लागि लामो समयदेखि युवाका क्षेत्रमा कार्यरत युवा बिज्ञ सविन लामिछाने सहितको जुरी समिति रहेको थियो । 

परिषद्ले यसअघि बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेश युवा सम्मेलन सम्पन्न गरिसकेको छ भने आगामी साउनमा राष्ट्रिय सम्मेलन गर्ने परिषद्को तयारी रहेको नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले जानकारी दिए।

परिषद्ले अन्य प्रदेशमा पनि विभिन्न व्यक्तिहरुलाई आइकन प्रदान गरेको थियो।

 

प्रकाशित मिति: १७:५२ बजे, आइतबार, जेठ १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्