Kathmandu Press

सदस्यता शुद्धिकरणमा प्रश्न उठाउँदै पत्रकार महासंघमा तालावन्दी

महासंघका पदाधिकारीले विधान मिचेर केन्द्रीय समिति, संगठन समिति र शुद्धीकरण कार्यदललाई वाइपास गरी सदस्यहरुको सूचीलाई अन्तिम रुप दिन खोजेको आरोप केन्द्रीय सदस्यहरुले लगाएका छन्।
सदस्यता शुद्धिकरणमा प्रश्न उठाउँदै पत्रकार महासंघमा तालावन्दी

काठमाडौं, जेठ १३ : सदस्यता शुद्धिकरणको बिषय पेचिलो बन्दै गइरहेका बेला नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचार ग्राममा तालाबन्दी गरिएको छ।

यूनियन निकट पत्रकार महासंघका केन्द्रीय समितिका सदस्यहरूले नै महासंघका अध्यक्ष विपुर खोखरेल, महासचिव रोशन पुरी, अन्य पदाधिकारीहरु र निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

Hardik ivf

महासंघका पदाधिकारीले विधान मिचेर केन्द्रीय समिति, संगठन समिति र शुद्धीकरण कार्यदललाई वाइपास गरी सदस्यहरुको सूचीलाई अन्तिम रुप दिन खोजेको आरोप केन्द्रीय सदस्यहरुले लगाएका छन्।

यस्तै, सक्रिय पत्रकारलाई नविकरण सूचीबाट हटाएर चोरबाटोबाट ल्याइएको नामावली सूचीका आधारमा निर्वाचन गर्ने धृष्टता नगर्न समेत उनीहरुले चेतावनी दिएका छन्।

आगामी जेठ २६ हुने निर्वाचनको पूर्वसन्ध्यामा सदस्यता शुद्धिकरणको विषयलाई लिएर महासंघमा ताल्चा मारिएपछि निर्वाचन नै अनिश्चित हुने अवस्था आएको छ ।

 

प्रकाशित मिति: १७:०६ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्