Kathmandu Press

६६० गर्भवती र सुत्केरीको उद्धार

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत विसं २०७५ देखि विसं २०८० फागुनसम्म विभिन्न दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको उल्लेख गरेको हो।
६६० गर्भवती र सुत्केरीको उद्धार
फाइल तस्बिर।

काठमाडौं, जेठ १३ : अर्थ मन्त्रालयले हालसम्म ६६० जना गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरिएको जनाएको छ। आज सार्वजनिक आर्थिक सर्वेक्षणमा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दान गरिएको उल्लेख छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत विसं २०७५ देखि विसं २०८० फागुनसम्म विभिन्न दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको उल्लेख गरेको हो। चालु आर्थिक वर्षको फाुगनसम्म मात्रै १०८ जनाको उद्धार गरिएको मन्त्रालयले जनाएको  छ।

Hardik ivf

आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म कर्णाली प्रदेशमा दुई सय १७ जनाको हवाई उद्धार गरिएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ।

त्यसैगरी क्रमशः कोशी प्रदेशमा १९०, बागमती प्रदेशमा एक सय तीन जना, गण्डकी प्रदेशमा ३४ र लुम्बिनीमा १२ र सुदूरपश्चिममा १०३ जनाको उद्धार गरिएको छ। 

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्