Kathmandu Press

दोहोरो अंकले घट्यो नेप्से

सेयर बजारलाई ३.३७ प्रतिशतले बढेको होटल तथा पर्यटन उपसमूहले थामेको छ। १३ मध्ये होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेक अन्य सबै उपसमूह घटेका छन्।
दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, जेठ १३ : साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट छ।

यद्यपि कारोबार रकम भने उल्लेख्य घटेको छैन। आइतबार नेप्से परिसूचक २२.१४ अंकले घट्दै २१०९.३४ मा छ।

१ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँमा कारोबार भएको छ। सेयर बजारलाई ३.३७ प्रतिशतले बढेको होटल तथा पर्यटन उपसमूहले थामेको छ। १३ मध्ये होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेक अन्य सबै उपसमूह घटेका छन्।

२१५ कम्पनीको सेयरमूल्य घट्दा फाइनान्स उपसमूह सर्वाधिक २.१९ प्रतिशतले घटेको छ। २९ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको स्थिर छ।
 
कालिञ्चोक दर्शनको सेयर बढेर सर्किट लागेको छ भने सिटी होटल पनि ८.२४ प्रतिशतले बढेको छ।

सर्वाधिक कारोबार हुने कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स छ। उक्त बीमा कम्पनीको १५ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यसैगरी सीइडीबी हाइड्रोपावरको १५ करोड ३१ लाख, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १४ करोड ८१ लाख, नबिल बैंकको १३ करोड ४० लाख र सोल्टी होटलको १० करोड रुपैयाँको सेयर कारोबार भएको छ।

प्रकाशित मिति: १६:१७ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्