विश्वप्रकाशको प्रश्न– दुईवटा राहदानी हुनेले गृहमन्त्रालय र दुईवटा नागरिकता हुनेले संसद् चलाउन मिल्ने हो?
‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा सहयोग गर्छु भन्दाभन्दै कार्यकक्षबाट गिरफ्तार गरियो। दुई वटा पासपोर्ट भएर गृहमन्त्रालय चलाउने, दुई वटा नागरिकता लिनेले संसद् सचिवालय चलाउन पाउने हो?,’ महामन्त्री शर्माले प्रश्न गरे।
काठमाडौं, जेठ १३ : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दुई देशको राहदानी बोल्ने र दुई वटा नागरिकता बोक्नेविरुद्ध कारबाहीको माग गर्दैका छन्।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले दुई वटा राहदानी हुनेले गृहमन्त्रालय र दुई वटा नागरिकता हुनेले संसद् सचिवालय चलाइरहेको रहेको बताउँदै, त्यस्तो गर्न मिल्छ भन्दै प्रश्न गरेका छन्।
‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा सहयोग गर्छु भन्दाभन्दै कार्यकक्षबाट गिरफ्तार गरियो। दुई वटा पासपोर्ट भएर गृहमन्त्रालय चलाउने, दुई वटा नागरिकता लिनेले संसद् सचिवालय चलाउन पाउने हो?,’ महामन्त्री शर्माले प्रश्न गरे।
उनले सत्यलाई झुटले छोपिरहेको पनि बताए। उनले केपी ओलीले रविको नामबिनै कामचलाउ प्रकृतिको संसदीय छानबिन समिति बनाउन चाहेको दाबी गरेका हुन्।
‘सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम नै नलेखी कामचलाउ हिसाबको संसदीय समिति बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीजी चाहनु हुन्छ,’ उनले भने, ‘यसका चार कारण छन्।’