Kathmandu Press

काठमाडौंमा कांग्रेसको सडक प्रदर्शन

प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्‍याली निकालेका थिए।
काठमाडौंमा कांग्रेसको सडक प्रदर्शन
Hardik ivf

काठमाडौं, जेठ १३ : सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको बचत फिर्ता लगायतका विभिन्न माग राखेरनेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ।

यतिबेला काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन भइरहेको छ। कांग्रेसका नेता कार्यकर्ताले विभिन्न ठाउँबाट र्‍याली निकाल्दै भृकुटीमण्डपमा भेला भएका छन्।

प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्‍याली निकालेका थिए। कांग्रेसले सहकारीको बचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ।

प्रकाशित मिति: १५:५९ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्