Kathmandu Press

धिरज र उपासना स्टारर ‘खुस्मा’को छायांकन सकियो

मगर समुदायको परिवेशमा निर्माण गरिएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने निर्देशक अशोक थापामगरले बताए।
धिरज र उपासना स्टारर ‘खुस्मा’को छायांकन सकियो

काठमाडौं, जेठ १३ : धिरज मगर र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘खुस्मा’को छायांकन सकिउको छ।

मनाङ, रुकम र कास्कीमा ४० दिन लगाएर फिल्मको छायांकन सकिएको हो। फिल्मको एउटा गीतको छायांकन बाँकी रहेको निर्माण युटिनले जनाएको छ।

मगर समुदायको परिवेशमा निर्माण गरिएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने निर्देशक अशोक थापामगरले बताए। उनको ठूलोपर्दाको फिल्ममा डेब्यू निर्देशन हो।

फिल्म वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगरले संयुक्त रुमा निर्माण गरेको फिल्ममा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकीको पनि लगानी छ।

दिपक बज्राचार्यको खिचेको फिल्ममा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बालगायतको अभिनय छ।

फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रहेको छ।

फिल्म असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ। फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।

 

प्रकाशित मिति: १५:५१ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्