Kathmandu Press

लेखेकै आधारमा मिडियालाई नियन्त्रण नगर्न प्रधानमन्त्रीलाई देउवाको सुझाव

‘म लखेटिएको र गाली खाएको छु । तर म र मेरो पार्टीको कुरा छ, त्यो ठिक वा गलत के थियो आफ्नो ठाउँमा जबाफ दिउँला। तर यसको आधारमा, मेरा बारेमा के लेखियो भन्ने आधारमा मिडियालाई कन्ट्रोल गर्न थालियो भने कहाँ पुग्छ, यो गलत हो ।’
लेखेकै आधारमा मिडियालाई नियन्त्रण नगर्न प्रधानमन्त्रीलाई देउवाको सुझाव

काठमाडौं, जेठ १२ : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समाचार लेखेकै आधारमा सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजिनु गलत हुने भन्दै सुझाएका छन्।

प्रधानमन्त्री दाहालसँग आइतबार विहान भएको भेटमा कांग्रेस सभापति देउवाले यस्तो भनाई राखेका हुन्  

Hardik ivf

आइतबार प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा सभापति देउवाको भनाई उद्धृत गर्दै कांग्रेस महामन्त्री गगन थापाले उक्त जानकारी गराएका हुन्। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता प्रकरणबारे पक्राउ परेको प्रसंगमा सभापति देउवाले प्रचण्डसँग उक्त कुरा राखेका हुन्।

प्रेस युनियनको कार्यक्रममा महामन्त्री थापाले भने, ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले अस्तीको दिन प्रधानमन्त्रीलाई भनेको म सम्झन्छु, स्थापना भएदेखि आजसम्मको कान्तिपुर तपाईं पल्टाएर हेर्नस्, कान्तिपुरले आजसम्म सबैभन्दा बढी गाली गरिएको, सबैभन्दा बढी आलोचना गरिएको र सबैभन्दा बढी लखटिएकोमा एक नम्बरमा मेरो नाम आएन भने भन्नुहोला।’

प्रधानमन्त्री दाहाललाई देउवाले भनेको कुरा जानकारी दिँदै थापाको थप भनाई थियो, ‘म लखेटिएको र गाली खाएको छु । तर म र मेरो पार्टीको कुरा छ, त्यो ठिक वा गलत के थियो आफ्नो ठाउँमा जबाफ दिउँला। तर यसको आधारमा, मेरा बारेमा के लेखियो भन्ने आधारमा मिडियालाई कन्ट्रोल गर्न थालियो भने कहाँ पुग्छ, यो गलत हो ।’

कार्यक्रममा महामन्त्री थापाले सरकारले निरंकुशताउन्मुख रबैया देखाउन खोजेको बताएका छन् । नयाँ गठबन्धन अनुदारवादी बन्दै गएको भनाई थापाले राखे। अर्को प्रसङगमा थापाले सहकारीमा कांग्रेसले भनेकै जस्तो संसदीय छानबिन समिति बन्ने दाबी पनि गरे।

प्रकाशित मिति: १५:१४ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्