Kathmandu Press

‘सरकार प्रेसको कन्टेन्टमाथि नियन्त्रण गर्न खोज्दैछ’

उनले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र भएकाले प्रेसले प्रश्न उठाउन छोड्यो भने सबै सकिने भन्दै कन्टेन्टमाथि सरकारले कन्ट्रोल गर्ने प्रयास गरेको बताए।
‘सरकार प्रेसको कन्टेन्टमाथि नियन्त्रण गर्न खोज्दैछ’

काठमाडौं, जेठ १३ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेसको कन्टेन्टमाथि सरकारले कन्ट्रोल गर्ने प्रयास गरेको आरोप लगाएका छन्।

आइतबार नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र भएकाले प्रेसले प्रश्न उठाउन छोड्यो भने सबै सकिने भन्दै कन्टेन्टमाथि सरकारले कन्ट्रोल गर्ने प्रयास गरेको बताए।

Hardik ivf

‘कुनै पनि व्यक्तिको व्यवसायिक र निजी जीवनको जवाफदेही निज आफैं हुनुपर्छ। त्यसैले त हामी गृहमन्त्रीमाथि अनुसन्धान गर भनिरहेका छौं। मेराबारेमा प्रत्येक विषय अनुसन्धान होस् भनिरहेको छु,’ उनले भने, ‘कुनै एउटा मिडियाकर्मीमाथि अनुसन्धान नै गर्नुहुँदैन भन्ने होइन, तर म सञ्चारमाध्यमका साथीलाई आग्रह गर्न चाहन्छु, अहिले जुन प्रवृत्ति देखिरहेको छु, त्यो चिन्ताजनक छ।’

महामन्त्री थापाले आफूहरुले पूर्वराजा ज्ञानेन्द्रको छोटो शासनमा पनि सञ्चारमाध्यममा प्रकाशित ‘कन्टेन्ट’माथि, विषयवस्तुमाथि नियन्त्रण गर्ने प्रयास अहिलेको जस्तो नभएको बताए।

उनले एउटा निहात्था नागरिकले पनि माइतिघरमा उभिएन नडराई प्रश्न गर्न पाउनुपर्ने बताए।

‘म आमनेपाली नागरिकलाई भन्न चाहन्छु । प्रकारान्तरले तपाईंसँग जोडिएको छ कांग्रेसले लिएको पोजिसन । एउटा निहत्था नागरिकले पनि माइतीघरमा उभिएर प्रश्न गर्न पाउनुपर्छ । नडराइकन प्रश्न गर्न पाउनुपर्छ,’ उलने भने, ‘सत्ताले कसैको मुख थुन्दै गर्दा त्यसको रंग मन पर्दैनथ्यो भन्ने ठाउँबाट गयौं भने भोलि तपाईंको प्रश्न सोध्ने अधिकारलाई पनि कुण्ठित गर्ने ठाउँमा आइपुग्छ।’

महामन्त्री थापाले प्रश्न सोध्ने अधिकारलाई पनि कुण्ठित गर्ने सरकारकाे अहिलेको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रवैया भएको बताए। उनले सबैले बोल्ने बेलाएको भएको सरकारलाई ठीक ठाउँमा ल्याउने बेला भएको बताए।

‘यो गठजोड सत्ताको निरंकुशताउन्मुख रवैया छ, अनुदारवादी रवैया छ। अब सबैले बोल्ने बेला आयो। उहाँहरुलाई ठीक ठाउँमा उभ्याउने बेला आयो,’ महामन्त्री थापाले भने, ‘हामी आज यसको विरोधमा सडकमा प्रदर्शन गर्न निस्किएका छौं। यो कुनै व्यक्तिसँग जोडिएको विषय होइन। प्रेससँग जोडिएका साथीहरुले यसको गहिराइलाई बुझ्नुपर्छ।’

प्रकाशित मिति: १५:११ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्