Kathmandu Press

सरकारले विपक्षलाई पेल्न खोजे कांग्रेस चुप नबस्ने सिटौलाको चेतावनी

‘प्रतिपक्षले संसदमा जनताको आवाज बुलन्द गरेको छ। यसलाई सरकारले छिटै गम्भीरतापूर्वक लिन ढिलाई गरेको छ। सरकार यसमा पेलेरै जान खोज्छ भने हामी त्यो चुनौतीको सामना गर्न तयार छौं,’ उनले भने।
सरकारले विपक्षलाई पेल्न खोजे कांग्रेस चुप नबस्ने सिटौलाको चेतावनी

काठमाडौं, जेठ १३ : नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सरकारले संसदमा कांग्रेसले उठाएको सहकारीको एजेण्डामा पेलेर जान खोजे कांग्रेस सहेर नबस्ने चेतावनी दिएका छन्।

गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिटौलाले सरकारको पेलेर जान चाहने प्रवृतिको विरोध गरे।

Hardik ivf

उनले कांग्रेस आफ्नो मागमा नडगमगाउने भन्दै सरकारले प्रतिपक्षको आवाज नसुने जस्तोसुकै चुनौतीको सामना गर्न कांग्रेस तयार रहेको टिप्पणी गरे।  

सरकारले जनताको हितमा काम गर्नुपर्छ । जुन मैले सांकेतिक रुपमा भनेको छु, संविधानले जनतालाई दिएको हकहरुलाई प्रचलनमा ल्याउनुपर्छ,’ उनले भने, ‘प्रतिपक्षले जनताको आवाज निरन्तर उठाउनुपर्छ। प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिध्दियो, सरकारले जनहितमा काम गरेन सरकार सिध्दियो।’

कांग्रेससहित प्रतिपक्षी दलहरुले सदनमा जनताको आवाज बुलन्द गरेको बताउँदै उनले सरकारले यसलाई गम्भीरतापूर्वक लिन ढिलाई गरेको बताए।

‘प्रतिपक्षले संसदमा जनताको आवाज बुलन्द गरेको छ। यसलाई सरकारले छिटै गम्भीरतापूर्वक लिन ढिलाई गरेको छ। सरकार यसमा पेलेरै जान खोज्छ भने हामी त्यो चुनौतीको सामना गर्न तयार छौं,’ उनले भने।

सरकारले सहकारी प्रकरणमा पेलेर जान खोजे कांग्रेसले नसहने भन्दै कडा रुपमा नेता सिटैलाले भने, ‘सरकार यही ढंगले जाने  सोचमा छ भने कांग्रेस त्यसको लागी तयार छ । कांग्रेस सहेर बस्न सक्दैन । हामीले आफूमाथि अन्याय भएर होइन जनतामाथि अन्याय भएर कुरा उठाएको हो।’

कांग्रेसको राष्ट्र निर्माणमा सबैलाई साथ लिएर हिँड्ने कल्चर भएको उल्लेख गर्दै नयाँ पुरानालाई लिएर कांग्रेस देश हाँक्न सक्षम भएको सिटौलाले धारणा राखे।

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्