Kathmandu Press

गृहमन्त्रीविरुद्ध सातवटा सहकारी ठगीका पीडित सडकमा

सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका वचतकर्ताले आफूहरुको रकम फिर्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन्।
गृहमन्त्रीविरुद्ध सातवटा सहकारी ठगीका पीडित सडकमा

कास्की, जेठ १२ : सहकारीमा ठगिएका विभिन्न संस्थाका बचतकर्ताले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा सडक प्रदर्शनमा उत्रिएका छन्।

सातवटा सहकारी संसथाका पीडितहरु सडक प्रदर्शनमा उत्रिएका हुन्। सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका वचतकर्ताले आफूहरुको रकम फिर्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन्।

Hardik ivf

पीडितहरुले गृहमन्त्रीको राजीनामा, बचत रकम अपचलनबारे संसदीय छानबिन समितिलगायत माग राखेका छन्।

पीडितहरुले ‘जीवी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ जस्ता नाराबाजी गरेका थिए।

प्रकाशित मिति: १४:०५ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्