विपक्षीले विपीले बनाएको मानंकको अपमान गर्यो : सांसद वाग्ले
उनले त्यो मानकलाई आज यो अवस्थामा पुर्याउन भएको यस विरोधमा लज्जास्पद र औचित्यहीन विरोध भनेर टिप्पणी पनि गरे।
काठमाडौं, जेठ १३ : सांसद स्वर्णिम वाग्लेले संसदको ओज, गरिमा र उपादेयतालाई असान्दर्भिक बनाउने गतिविधिप्रति खेद प्रकट गरेका छन्।
आज प्रतिनिधिसभा बैठकमा विपक्षी नेपाली कांग्रेसले गरेको विरोधप्रति कटाक्ष गर्दै सांसद वाग्लेले वीपी कोइरालाले स्थापित गरेको मानकको अपमान भएको बताए।
उनले त्यो मानकलाई आज यो अवस्थामा पुर्याउन भएको यस विरोधमा लज्जास्पद र औचित्यहीन विरोध भनेर टिप्पणी पनि गरे।
‘६५ वर्ष अगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर सबैका प्रेरणा मेरो त राजनीतिक आदर्श वीपी कोइरालाले स्थापित गरेको मानकलाई आज यो अवस्थामा पुर्याउनलाई, यो लज्जास्पद, औचित्यहिन विरोधप्रति मेरो खेद छ । संसदको ओज, गरिमा, उपादेयतालाई असान्दर्भिक बनाउने यो कदमप्रति विरोध हो कि समाधान गर्ने हो,’ उनले भने, ‘७४ लाख बचतकर्ताहरुलाई राखेर समाधान उन्मुख हुने होकी व्यक्ति केन्द्रीत भएर खराब नजीर बनाउनेतिर नै जाने हो।’
वाग्लेले विपी कुरा उठाएपछि कांग्रेस सांसदहरु झन चर्को स्वरमा नाराबाजी र होहल्ला गरेका थिए।
उनले संसदीय छानबिन समिति बनाउनको लागि सहमती भइसकेको भन्दै यो कर्मकान्डी विरोधको कुनै सान्दर्भिकता नभएको बताए।
‘संसदिय छानबिन समिति बनाउनको लागि सहमती भइसकेको । यो कर्मकाण्डी विरोधको कुनै सान्दर्भिकता छैन । यसको लागि म खेद प्रकट गर्छुm,’ उनले भने, ‘हामीले उल्लेख गरेको सुधारका कामलाई बजेटमा ठोस रुप दिने गरि अगाडि बढोस र बढ्छ भन्ने विश्वास छ।’
उनले १६ औं पञ्चवर्षीय योजनाको बारेमा ठोस कदम अगाडि बढ्ने गरेर यसपालिको बजेट आउनु पर्ने भन्दै नीति तथा कार्यक्रमप्रति पार्टीको पूर्ण समर्थन रहेको जानकारी पनि गराएका छन्।












