Kathmandu Press

बजेट पढ्ने बेलासम्म संसदको अवरोध हटिसक्छ : प्रधानमन्त्री

उनले संसदीय छानविन समिति बनाउने कुरामा सबैको सहमति भइसकेको र टिओआरका कुरा मात्र बाँकी छ रहेको बताउँदै आज बेलुका या भोलि बिहानसम्म सहमति हुने बताए।
बजेट पढ्ने बेलासम्म संसदको अवरोध हटिसक्छ : प्रधानमन्त्री

काठमाडौं, जेठ १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसद्को अवरोध चाँडै हटाउने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भइसकेको भन्दै  टिओआर बनाउन भोलि सोमबार बिहानसम्म सहमति हुने विश्वास व्यक्त गर ।

Hardik ivf

‘हामी सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेका छौं । आज बिहान मात्र पनि कांग्रेस सभापतिको घरमै पुगेर सहमतिको लागि प्रयास गरेको छु। आशा छ आज र भोलिमा बजेट व्यक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्ने छ भन्ने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्री दाहालले भने।

उनले संसदीय छानविन समिति बनाउने कुरामा सबैको सहमति भइसकेको र टिओआरका कुरा मात्र बाँकी छ  रहेको बताउँदै आज बेलुका या भोलि बिहानसम्म सहमति हुने बताए।

प्रकाशित मिति: १३:५३ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्