Kathmandu Press

सहकारी ठगलाई जोगाउन सत्तापक्षबाट षड्यन्त्र : केसी

‘सभामुख महोदय सहकारीमा ठगेर यत्रो बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुन षडयन्त्र गरेको छ,’ उनले भने, ‘यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो। त्यसैले यो नीति तथा कार्यक्रमलाई हाम्रो पार्टीले समर्थन गर्दैन।’
सहकारी ठगलाई जोगाउन सत्तापक्षबाट षड्यन्त्र : केसी
फाइल तस्बिर।

काठमाडौं, जेठ १२ : राष्ट्रिय जनमोर्चाका नेता तथा सांसद चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाउन सत्तापक्षले षडयन्त्र गरिरहेको बताएका छन्।

संसदमा बोल्नेक्रममा केसीले लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताएका हुन्। यस्तै केसीले नीति तथा कार्यक्रममा विरोधको सूचना दर्ता गर्दै छलफलमा भाग नलिइ सहकारी प्रकरणमा मात्र आफ्नो धारणा राखेका हुन्।

Hardik ivf

‘सभामुख महोदय सहकारीमा ठगेर यत्रो बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुन षडयन्त्र गरेको छ,’ उनले भने, ‘यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो। त्यसैले यो नीति तथा कार्यक्रमलाई हाम्रो पार्टीले समर्थन गर्दैन।’

प्रकाशित मिति: १२:४५ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्