Kathmandu Press

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न– मुटु छ कि छैन, खुट्टा कमाएको हो?

‘सहकारी पीडितको बास सडकमा भएको छ। मकै पोलेको र साग बेचेर जम्मा गरेको पैसा हो। अरबपति खरबपतिको रकम होइन हैन गृहमन्त्रीज्यू, मुटु छ कि छैन डराएको हो, खुट्टा कमाएको हो?’ गृहमन्त्रीलाई उनको प्रश्न थियो।
गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न– मुटु छ कि छैन, खुट्टा कमाएको हो?

काठमाडौं, जेठ १३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई छानबिन समिति बनाउन डराएको हो भन्दै प्रश्न गरेका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकको सुरुआतमै बोल्दै उनले सत्ताबाहिर र सत्तामा हुँदा कुरा फेरेको भन्दै गृहमन्त्रीको आलोचना गरे ।उनले गृहमन्त्री लामिछानेले प्रतिपक्षमा हुँदा उठाएको प्रश्न उनलाई फिर्ता गरेको बताए।

Hardik ivf

‘सहकारी पीडितको बास सडकमा भएको छ। मकै पोलेको र साग बेचेर जम्मा गरेको पैसा हो। अरबपति खरबपतिको रकम होइन हैन गृहमन्त्रीज्यू, मुटु छ कि छैन डराएको हो, खुट्टा कमाएको हो?’ गृहमन्त्रीलाई उनको प्रश्न थियो।

यसअघि प्रतिपक्षमा हुँदा लामिछानेले जजसको नाम आएको छ छानबिन गरौं गृहमन्त्री प्रधानमन्त्रीले मुटु दह्रो छ? भनेको उनले स्मरण गरे।

प्रमुख सचेतक शाहीले आफूहरूलाई जनताले पुराना दलले गरेनन् भनेर मत दिएको बताए। अहिले नयाँ शक्तिले नाक देखाउने ठाउँ नरहेको उनको भनाइ छ ।  

‘नयाँ शक्तिले पनि नाक देखाउन ठाउँ रहेन । के फरक भयो? इतिहास हेरौं त। के थियो हाम्रो पार्टी संगठन? कुन ठाउँमा थियौं?,’ उनले भने, ‘जनताले यी पुराना दलले गर्न सकेनन् । विकल्पको रूपमा जानपर्छ भनेका हुन् । तर, अहिले संसद् बाधक बनेको छ।’

पुरानाले गरेनन् भनेर उदाएकाहरुको ताल उस्तै भएको बताउँदै उनले छानबिन समिति बनाएर जनतालाई न्याय दिनुपर्ने बताए।

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्