तुइन खोलामा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु
इच्छामनकामना गाउँपालिका(५, मुग्लिङ नारायणगढ सडकखण्डको ३ नं. पुलका लागि पहाड काट्ने क्रममा माथिबाट ढुंगासहित खसेको पहिरोले चालक चौधरीसहित स्काभेटरलाइमा क्षति पुर्याएको थियो।
चितवन, जेठ १३ : नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना स्काभेटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको गेडुवा गाउँपालिका-४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरी छन्।
सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान सवा ९ बजेको समयमा पहिरो खसेको थियो।
इच्छामनकामना गाउँपालिका(५, मुग्लिङ नारायणगढ सडकखण्डको ३ नं. पुलका लागि पहाड काट्ने क्रममा माथिबाट ढुंगासहित खसेको पहिरोले चालक चौधरीसहित स्काभेटरलाइमा क्षति पुर्याएको थियो।
पहिरोमा परी गम्भीर घाइते भएका चालक चौधरीको उपचारका लागि भरतपुर पु¥याएलगत्तै चिकित्सिकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति: १२:२८ बजे, आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार